- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहतको विषयमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको छ। झडपमा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको सिरहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एक पक्षिय रुपमा राहत बाँडेको भन्दै कांग्रेस र समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए। उनीहरुमाथि नेकपाका वडाध्यक्ष पक्षले गोली चलाएको बिपक्षीले आरोप लगाएका छन् ।
नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले राहतको विषयमा आफ्ना वडाध्यक्षमाथि कांग्रेस र समाजवादीका कार्यकर्ताले आक्रमण गरेपछि गोली चलेको बताए।
प्रहरीले भने २ पक्षीय झडपमा केही व्यक्ति घाइते भए पनि गोली चलेको वा नचलेकोबारे अहिले पुष्टि हुन नसकेको बताए । ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले भने । घटना विषयमा अनुसन्धान भइरहेको घिमिरेले समेत बताए ।
कांग्रेसका कार्यकर्ताले वडाध्यक्षसँगै रहेका उपमेयरका छोरा अरविन्दले गोली चलाएको आरोप लगाएका छन् ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments