- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
चन्द्रागिरी नगरपालिकाका ६५ व्यक्तिमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएसँगै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका विभिन्न व्यक्तिको आरडीटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजिटिभ देखिएको जानकारी दिए । ‘विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरी प्रवेश गरेका व्यक्तिमा आरडीटी परीक्षण गर्दा उनीहरूमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको हो’ उनले भने ।
चन्द्रागिरीले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मंगल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरी कटेज र १ जनालाई होम क्वारेन्टाइनमा राखेको छ ।
चन्द्रागिरी क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले क्वारेन्टाइनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहोर व्यवस्थापनको काम गर्दै आएको छ ।
क्वारेन्टाइनभित्रको सुरक्षाको जिम्मा भने नेपाल प्रहरी र नेपाली सेनाले लिँदै आएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । चन्द्रागिरिमा आरडीटीको रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरूको पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
चन्द्रागिरीले नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत १ सय ६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलनन गरेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments