- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बागलुङ नगरपालिका-२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले थुनामा राख्न आदेश दिएको हो । उनलाई कारागारमा राख्न अदालतले आदेश दिएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
आत्महत्या दुरुत्साहनको आरोप लागेका प्रहरी जवान दवाडीविरुद्ध सम्झनाका बुबा खड्कबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
तनहुँको व्यास नगरपालिका–८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत रहँदै आफूसँग सम्बन्धमा रहेको र उनैको व्यवहारका कारण आत्महत्या गर्नुपरेको सम्झनाले सुसाइट नोटमा उल्लेख गरेकी थिइन् ।
गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुत्साहन मुद्दामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिमाना हुने कानुनी व्यवस्था छ । सम्झनाले गत वैशाख १६ गते बिहान आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रासस
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments