- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन् ।
सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै फरार भएको शिलापत्रमा जनकपुरबाट सुजितकुमार झाले लेखेका छन् । मानसिक सन्तुल ठीक नभएका कोरोना संक्रमित यसअघि पनि पटक पटक भाग्ने प्रयास गरेका थिए ।
भागेका संक्रमितको खोजी कार्य भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले उनी कतै लुकेको हुन सक्ने बताए ।
उनले भने, ‘उनी मानसिक रोगी थिए, भाग्ने सक्ने स्थिति छैन, कतै लुकेको हुनसक्छ, हामी खोजी गरिरहेका छौं ।’
यसअघि पनि ती संक्रमित भाग्न खोजेकोले छुट्टै कक्षमा राखिएको थियो । संक्रमित भागेको घटना सार्वजनिकपछि प्रहरीले व्यापक खोजतलास जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रादेशिक अस्पतालको जनकपुर नर्सिङ कलेजको होस्टेलमा ४२ बेडको कोरोना विशेष अस्पताल निर्माण गरिएको छ । सो अस्पतालमा धनुषा, महोत्तरी र सर्लाहीका कोरोना संक्रमितको उपचार भइरहेको छ ।
संक्रमित व्यक्ति आइसोलेसनको कोठाको झ्याल फोडेको प्रहरीको भनाइ छ । यसअघि एकजना कोरोना संक्रमित अझै फरार भएका थिए । नजिकैको एउटा गाउँबाट समाएर ल्याउनु परेको थियो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments