- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ महानगरपालिका वडा नम्वर–१६ को कालधारा मार्ग सिल गरिएको छ ।
कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि सिल गरिएको हो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले ठमेलबाट खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको बताए। संक्रमित ब्यक्ति दुई महिनाअघि अष्टेलियाबाट आएका थिए ।
उनको श्रीमतीमा भने संक्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परिक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमती मध्ये ती पुरुषमा आइतवार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
प्रहरी निरीक्षक भट्टले भने– ती ब्यक्ति चैतको पहिलो हप्ता अष्टेलियाबाट खाडी मुलुक हुदै नेपाल आएका रहेछन् । तर, कोरोना भाइरसको संक्रमण भने यतिवेला देखिएको छ। कोरोना भाइरस संक्रमणको ‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको छ ।
संक्रमित ब्यक्तिले पनि आफू नजिकैको तरकारी पसल र टोलको डेरी वाहेक अन्त कतै नगएको बताएको जानकारी वडा कार्यालयका प्रतिनिधिले दिएका छन्। उनमा कोरोनाको लक्षण समेत नभएको बताइएको छ ।
कालधाराको पूर्वी– उत्तरमा ठमेल र दक्षिण तिर खुशिबु टाउनप्लानिङबाट आउने सडकमार्ग बन्द गरिएको छ । संक्रमित ब्यक्ति बस्दै आएको घर र छिमेकीहरूका घर, किराना पसल र सडकमा ओहोर दोहोर गर्न निषेध गरिएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments