Loading...
Logo
Image

सिमा विबाद पछि भारतीय ह्याकरले गर्न थाले साईवर हमला

भारतीय ह्याकरले आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेबसाइट  ह्याक गरेका छन् । तर क्यानले आफ्नो वेब साइट ह्याकरको पहुँच बाहिर आएको बताएकोछ।

‘घोष्ट०५७–५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो।

प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीका अनुसार वेबसाइट ह्याकरको नियन्त्रणबाट बाहिर आएको छ। ह्याक गरेपनि डाटामा हानी नभएको र फेरि ह्याक नगरून भनेर अहिले साइट डाउन गरेर काम भैरहेको उनले बताए ।

नेपाल भारत सीमा विवादका कारण साईबर हमला बढेको छ। भारतीय ह्याकर र नेपाली ह्याकरले एक अर्को देशका साइट ह्याक गर्ने काम गरिरहेका छन् ।

Comments

KATHMANDU WEATHER