Loading...
Logo
Image

सोमबार ७२ जना कोरोना संक्रमित भएका मध्ये ३ जना काठमाडौंका

सोमबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये २ जना काठमाडौं टोखाको र १ जना बुढानीलकण्ठका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको थाहा भएको छ ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीका अनुसार टोखा नगरपालिका वडा नम्बर ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुष र अर्को १ जना बुढानीलकण्ठ  ३ का ३७ वर्षिय पुरूषमा संक्रमण पुष्टि भएको हो । 

उनका अनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । दुई जनाको पोजेटिभ आएको छ भने अरुको रिपोर्टबारे खबर आएको छ । 

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

Comments

KATHMANDU WEATHER