- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न गएका थिए।
ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । ती महिलालाई अहिले शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ । ती महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेट गरेको आधारमै मन्त्री ढकाल होम क्वारेण्टाइनमा बसेका हुन् ।
‘उहाँको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु दुई दिनअघि भेट्न जानुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो , ‘संक्रमित बिरामी भेटेको थाहा पाएपछि मन्त्री आफैं सतर्क भएर क्वारेण्टाइनमा बस्नुभएको हो ।’
मन्त्रालय स्रोतकाअनुसार ढकाल ५ दिनदेखि मन्त्रालय पनि आएका छैनन् । यसअघि उनी शनिबारसमेत मन्त्रालय आउने गरेका थिए ।
मन्त्री ढकालको स्वाब मंगलबार विहान (आज) लिइएको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको ५ देखि ७ दिन भित्रमा स्वाब लिएर जाँच गर्दा गुणस्तरीय रिपोर्ट आउने भएकाले आज उनको स्वाब लिइएको हो । जसको रिपोर्ट साँझसम्म आउने स्रोतले जानकारी दिएको छ
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments