Loading...
Logo
Image

नेपाल भारत सिमा क्षेत्रमा तनाव

नेपाल भारत सीमा क्षेत्र धनुषाको जटही नाकामा तनाब उत्पन्न भएको छ । भारतबाट नेपालतर्फ आइरहेका एक युवकको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।

धनुषा  जिल्लाको सहिदनगर नगरपालिका– ९ का ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरुले प्रदर्शन गरिरहेका छन् ।प्रर्दशनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरिरहेका छन् । प्रर्दशनको क्रममा उनीहरुले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएपछि त्यसको आक्रोशमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गरीरहेका छन् ।

भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि युवकको भोकका कारण मृत्यु भएको बताइएको छ । मृतक यादव अहमदावादमा होटलमा कुकको काम गर्दै आएका थिए ।

आक्रोशितहरुको भीडलाई प्रहरीले समेत रोक्न सकेको छैन् । उनीहरुले पत्रकारविरुद्ध समेत नाराबाजी गरिरहेका छन । पत्रकारहरुले आफूहरुको बारेमा समाचार सम्प्रेषण नगरेको आरोप लगाएका छन् ।

धनुषाको नगराइनमा ठूलो संख्यामा प्रहरी परिचालन गरि रोकिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए ।

सहायक प्रजिअ पोखरेलका अनुसार स्थानीय प्रशासनले उनीहरुलाई सो नाकाबाट नेपाल भित्र्याउनका लागि बिहान १० बजे र साँझ ६ बजे बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि उनीहरुले आफूहरुलाई तत्कालै घर पुर्याउनुपर्ने अडानमा थिए ।

Comments

KATHMANDU WEATHER