- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ । विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको छ ।
पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गरेको धुलो देशका विभिन्न सहरमा पुग्दा नपुग्दै वर्षासँग मिसिएर पृथ्वीको सतहमा त्यो धुलो खसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो धुलो मङ्गलबारदेखि नेपाल आएको हो । भारतको राजस्थान र पाकिस्तानको मरुभूमि क्षेत्रमा हावाको वेग तीव्र हुँदा हुरीसँगै धुलो नेपाल प्रवेश गरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । लेदो पानी परेपछि महाशाखामा धेरैले के भएको भनेर जिज्ञासा राखिरहेको उनले बताए ।
उनका अनुसार त्यो क्षेत्र हुँदै नेपालमा जलवाष्पयुक्त वायुसँगै बेलाबेलामा हावाले धुलो लिएर आउने गर्छ । यो धुलोको प्रदूषण एकाध दिन मात्र कायम रहने उनले बताए।
किनभने त्यस क्षेत्रमा पनि पश्चिमी वायुको प्रभावले वर्षा गराउने वायु सक्रिय भइसकेको छ । हाल नेपालमा प्रि–मनसुनको समय घर्किंदै जाँदा पश्चिमी वायु लगायतको मौसम प्रणालीको असर कायम छ । जसका कारण नेपालका विभिन्न भेगमा निरन्तरजसो वर्षा र बदली लम्बिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हालको मौसम प्रणालीको असर सकिएलगत्तै फेरि न्यूनचापीय प्रणाली सुदूरपश्चिमबाट नेपाल भित्रिँदै छ । जसले पश्चिम भेग लगायतका क्षेत्रमा बदलीको सम्भावना औँल्याएको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments