- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कविता लेखनमा समेत परिचय बनाएका केपी ओली अब गीतकारका रुपमा पनि चिनिएका छन् । १३ औँ गणतन्त्रको दिवसको अवसर पारी केपी शर्मा ओलीको गीत ‘बन्छ नमुना नेपाल’ आज युट्युबमा रिलिज भएको छ ।
गीतमा स्वदेशमा श्रम, विकासनिर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ । जुन उनले आफू प्रधानमन्त्री भएपछि ल्याएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा नै आधारित छ ।
मुलुक बन्दाबन्दीमा परेका बेलामै उनले यसै वर्षको २० वैशाखमा रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले संगीत भर्नाका साथै संगीत संयोजन गरेका हुन् । ‘प्रधानमन्त्रीको सचिवालयमार्फत हात परेको कविता वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्ष्य गरी लेखिएको पाएँ, यस्तो समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रूचि लागिहाल्यो’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य राईले भने ।
यसअघि ओलीका ‘खर्पन’ (२०४१), मेरो जून हरायो (२०६२), समृद्धिको सपना (२०७५), ‘अब आँसु खसाउनु पर्दैन’ (२०७७) कविता प्रकाशित छन् । कारागारमा सिसाकलमले चुरोटका खोलमा लेखिएका उनका केही कविता प्रहरीले त्यतिबेलै जफत गरी लगिसकेको थियो । १५ वर्ष जति कारागारमा रहँदा कविता लेख्ने गरेका ओलीलाई अहिले राष्ट्रको नेतृत्व हाँकिरहेका बेला त्यही कवि मनले बेलाबेला कविता लेख्न लगाइरहन्छ ।
गीतकार ओलीको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिएका छन् । छरिएर रहेका गायकगायिकालाई मोबाइलमा स्वर भर्न लगाएर संगीतकार राईले तिनलाई संयोजन गरको हुन् । ‘लकडाउनका बेला मनमैजु, बाँसबारी र मैतीदेवीमा बसेका गायकगायिकालाई ट्रयाक पठाई मोबाइलमा स्वर भर्न लगाएँ र तिनलाई जोडेर गीत तयार गरेँ’ ताप्लेजुङबाट आएर हाल मैतीदेवी बस्दै गरेका प्राज्ञ राईले भने ।
अन्तरा साङ्गीतिक समूह बागबजारका तर्फबाट निर्मित गीतको भिडिओ पनि तयार गरिएको छ जसको संयोजन सावन श्रेष्ठ र सौहार्द राईले गरेका छन् । देशभक्ति, क्रान्तिकारी भावधारा तथा जनताको आवाजलाई लिपिबद्ध गरी करीब १ हजार गीति रचनामा संगीत भरिसकेका ५० वर्षीय प्राज्ञ राई भन्छन्, ‘सरकारले विदेशमा गएका नेपालीलाई स्वदेश ल्याएर व्यवस्थापन पनि गर्नुपर्छ ।’ यो गीतले प्रवासमा रहेका नेपालीलाई ठूलो सन्देश दिने उनको विश्वास छ । लकडाउन खुलेपछि ‘वैदेशिक रोजगारीका लागि विदेश जानुहुने सम्पूर्ण दिदीबहिनी दाज्युभाइलाई सम्मान तथा सुस्वास्थ्यको कामना’ गरिएको गीतलाई परिमार्जन गरिने संगीत तथा नाट्य प्रतिष्ठानका संगीत विभाग प्रमुख राईको योजना छ । रासस
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments