- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
धनगढीबाट आएकी छोरीलाई अँगालाे मार्दा एक महिलाले क्वारेन्टाइनमा बस्न बाध्य भएको छ । आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म गरेकी थिइनन् । बसबाट झरेपछि छोरीलाई मायाले अँगालाे मार्दा ४१ वर्षीया महिलालाई चौरपाटी गाउँपालिका–६ दुनीको क्वारेन्टाइनमा राखिएको छ ।
माइती घर आएकी छोरीलाई साथमा ल्याउन चौखुट्टे गएकी दुनी निवासी ती महिलाले छोरीलाई छोएको भन्दै क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष मने साउदले जानकारी दिए । वडा अध्यक्ष साउदका अनुसार धनगढीबाट अरुसँगै बसमा आएकी युवतीलाई मात्र क्वारेन्टाइनमा राख्ने तयारी भए पनि आमाले छोएका कारण कोरोनाको सम्भावित सङ्क्रमणको आशङ्कामा दुवैलाई क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षणपश्चात् घर पठाइनेछ । उनीहरूलाई कति दिनसम्म क्वारेन्टाइनमा राख्ने भन्नेमा बैठकपछि निश्चित हुने बताइएको छ । धनगढीमा सुरक्षित रहेकी छोरी बसमा अन्य व्यक्तिसँग आउँदा कोरोना सङ्क्रमण भएको हुनसक्ने भन्दै उनलाई क्वारेन्टाइनमा राख्ने पूर्वनिर्धारित रहेको बताइएको छ । जिल्लाबाहिरबाट अछाम आएका व्यक्तिले कम्तिमा २१ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यता रहेको छ ।
गएको वैशाख २४ यता भारतबाट तीन सय तीन जना र जिल्ला बाहिरबाट २३ जना तीनसय २६ जना चौरपाटी गाउँपालिकाका विभिन्न वडामा आएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिए । उक्त सङ्ख्यामध्ये हालसम्म १२ जना क्वारेन्टाइनमा बसेर घर गइसकेका बताइएको छ । उक्त गाउँपालिकाभित्र प्रवेश गर्ने व्यक्तिले कम्तिमा २१ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । केही दिनयता अछाममा भारतबाट दैनिक हजारौँ व्यक्तिहरू भित्रिरहेका छन्।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments