- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
रौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। हिजो कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई अन्यत्र आइसोलेसनमा लाग्न खोज्दा त्यहाां झडप भएको हो ।
इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका२ व्यक्तिमा हिजो संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रकै अर्को स्थानमा रहेको आइसोलेसनमा लाग्न चिकित्सक र सुरक्षाकर्मी पुग्दा तनावको स्थिति सिर्जना भएको हो ।
संक्रमितहरूलाई अन्यत्र नलगी सोही नगरपालिकाभित्र उपचार गराउनुपर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् । झडप नियन्त्रणमा लिन प्रहरीले झण्डै १२ राउण्ड हवाई फायर गरेको छ । झडपमा स्थानीय सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधानसमेत तोडफोड भएको छ ।
झडपलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी घटनास्थलतर्फ परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।
रौतहट प्रहरीका अनुसार प्रहरीले झडप नियन्त्रणमा लिन १२ राउन्ड हवाई फायर गरेको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टाइन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलाउनुपरेको बताएको छ । लगातार विभिन्न स्थानमा विवाद भइरहेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments