- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
१० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको पारिश्रमिक र भत्ता लगायतको बचत, कर्जा शेयर बिक्री सबै गर्दा चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।
यो अवधिमा उनले गरेको खर्च, जोडेको जग्गा जमिन, शेयर खरिद, बैंक खाता सबै गरेर १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपैयाँ सम्पत्ति मूल्यांकन भएको छ ।
अख्तियारका अनुसार ढकालले साली नाता पर्ने व्यक्तिका नाममा सवारी साधन खरिद गरेर प्रयोग गर्दै आएको पाइएको छ । गैरकानूनी रुपमा आर्जन गरेको रकम लुकाउन अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाता पर्ने नवराज अर्यालका नाममा जनता बैंकमा खाता खोलेर आफूले सञ्चालन गरेको पाइएको छ ।
यो खाताबाट मात्र उनले जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाई ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ भक्तानी गरेको पाइएको अख्तियारले बताएको छ ।
उनले तनहुँ मालपोत कार्यालयमा कार्यरत रहँदा आयश्रोत बढाउन न्यूनतम राजश्व तिरेर अरुको जग्गा आफ्नो नाममा ल्याउने र महंगो मुल्यमा बेचेको समेत देखाएको पाइएको छ । डेकबहादुर गुरुङ र उनकी श्रीमतीको नाममा दर्ता भएको जग्गा खरिद बिक्री कारोबार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य १ लाख ९७ हजार उल्लेख गरी आफ्नो नाममा ल्याएका थिए ।
केही समयकै अन्तरमा उनले त्यही जग्गा डेकेन्द्र, उनकी श्रीमती, डेकेन्द्रका दिदीभिनाजु र बहिनीमको नाममा एक करोड ६८ लाखमा बिक्री गरेको लिखत बनाएका थिए । यो बदनियत तवरले आयस्रोत बढाउन गरेको अख्तियारको दाबी छ । र, ढकालसँगै उनकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्याल समेतलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments