- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंको होटल बुटिकबाट पक्राउ परेका उच्च घरानाका ८ जना जुवाडे आज धरौटीमा छुटेका छन् ।
सोमबार राति पक्राउ परेका अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, नन्दकिशोर शर्मा, विमल अउजा, विमलकुमार खेतान र होटल सञ्चालक मिक्की जोगाई धरौटीम रिहा भएका हुन् । उनीहरुको साथबाट प्रहरीले क्वाइन र २ लाख ७७ हजार नगद बरामद गरेको थियो ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उनीहरुको माथिको अनुसन्धान सकेर प्रहरीले बिहीबार सरकारी वकिल कार्यालय पेस गरेको थियो ।
जुवा मुद्दा जिल्ला प्रशासनको क्षेत्राधिकारभित्र पर्ने भएपछि सरकारी वकिल कार्यालयबाट जिल्ला प्रसाशन फाइल पेश भएपछि उनीहरु आज छुटेका हुन् । उनीहरुमध्ये अशोक अग्रवाललाई ४० हजार र बाँकीलाई ३०–३० हजार रूपैया धरौटी लिएर छुटेको महानगरीय प्रहरी वृर्त दरबारमार्गका प्रमुख डीएसपी राजन दाहालले बताए ।
पक्राउ परेकामध्ये अशोक अग्रवाल गिनीका अवैतनिक दूतसमेत रहेको खुलेको थियो । उनी विशाल ग्रुपका सञ्चालक हुन् । त्यसरी नै अन्य बीमा व्यवसायी र केही उच्च तहका व्यापारी हुन् ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments