Loading...
Logo
Image

भैंसी करणी गरेको देखेपछि रिस साँध्न ५ जनाको हत्या !

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा सोमबार राती ५ जनाको हत्या सोही फार्ममै काम गर्ने झसेन्द्र सिंजालीले गरेको खुलेको छ ।

व्यक्तिगत रिसिइबीका कारण ५ जनाको हत्या गरेको सिंजालीले प्रहरी सामु स्वीकार गरेका छन् । प्रदेश ५ प्रहरी प्रवक्ता राजकुमार बैदवारले मृतक जानकी मुसहर र माधव मुसहरले सिंजालीको व्यक्तिगत चरित्र हत्या गर्ने गरेको र त्यही रिसिइबीमा सोमबार राती उनले ५ जनाको हत्या गरेको बताए । 

मदिरा खाएर रिसको आवेगमा सिंजालीले सुरूमा ४ जना पुरुषलाई फरुवा र लाठीले हानेर हत्या गरेको र जानकीले प्रतिकार गर्न खोज्दा उनको पनि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए ।
घटनाको प्रकृति हेर्दा सुरूमा लाठीले प्रहार गरी अर्धचेत बनाएपछि फरुवाले हानेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बैदवारले बताए ।

हत्या गर्ने सुर्खेतको लेकवेशी नगरपालिका-५ नेटा स्थायी बसोबास भइ मैनहवामा बस्दै आएका ३२ वर्षीय झसेन्द्र वैशाख दोस्रो सातादेखि फार्ममा काम गर्दै आएका थिए । 

फार्ममा रहेका भैँसी चराउन जाँदा सिंजालीले भैँसीलाई करणी गरेको माधव र जानकीले देखेको र फार्म सञ्चालकलाई भनिदिने भन्दै चरित्र हत्या गर्ने गरेको सिंजालीले बयानमा भनेमा छन् । चरित्र हत्या गरेर गाउँभरीसमेत चर्चा हुँदा आफू विक्षिप्त भएको र मानसिकरूपमा पनि चोट पुगेकाले मौका हेरेर सबैलाई हत्या गरेको बयानलाई उदृत गर्दै बैदवारले बताए ।

व्यक्तिगत रिसिवी जानकी र माधवसँग भएपनि घटनामा अन्य ३ जना पोखराज मुसहर, करन चौधरी र आशिस चौधरी सोही दिन घटनास्थलमै सँगै भएका कारण उनीहरूलाई पनि हत्या गरेको प्रहरीले बताएको छ । 

पोखराजका साथी करन र आशिस सोमबार साँझ गफ गर्ने भन्दै फार्ममा आएका थिए । उनीहरूको पनि घटनास्थलमै हत्या भएको थियो ।  

रगत र भिसेरा जाँच गर्न प्रयोगशालामा पठाइयो

५ जनाको ज्यान जाने गरी भएको हत्यामा अझ थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय नेतृत्वमा गठित अनुसन्धान टोलीले रगत र भिसेरा प्रयोगशालामा परीक्षण गर्न पठाएको छ ।

घटनास्थलबाट २ पोका मुसाको विषसमेत फेला परेकाले रक्सीमै विष राखेर घटना घटाए, नघटाएको बारे अनुसन्धान गर्न प्रहरीले रगत र भिसेरा जाँच गर्न केन्द्रीय प्रयोगशालामा नमुना पठाएको अनुसन्धान टोलीका संयोजक एसएसपी राजकुमार बैदवारले बताए ।

नमुना परीक्षणको रिपोर्ट आएपछि मात्र मुसाको विष घटना घटाउँदा प्रयोग भए नभएको बारे थाहा हुने उनले बताए ।

जानकीले गुहार माग्दा सिंजालीले पछाडिबाट फरुवाले हिर्काए

घटनास्थल र सिंजालीको बयानका आधारमा हत्या ५ जनाको एकै पटक नभएको प्रहरीले बताएको छ । साँझ मदिरा सँगै खाएर बसेका उनीहरू मध्ये जानकी साढे १० बजे कोठामा आएको बेलामा सिंजालीले ४ जनालाई हत्या गरेका थिए ।

कोठाबाट गोठमा सुत्न गएका जानकीले हत्या भएको देखेपछि गुहार माग्न खोज्दा उनलाई पछाडिबाट लाठीले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए । प्रहरीले राती ११ बजे घटना भएको र घटना पछि पनि सिंजाली गोठमै रहेको बताएको छ ।

स्रोत: Shilapatra बाट साभार

Comments

KATHMANDU WEATHER