Loading...
Logo
Image

स्वयम्भूमा सैनिक आफैले गोली हानेर आत्महत्या गरे

 

स्वयम्भुको छाउनीस्थित वीरेन्द्र अस्पतालमा गोली चलाएर १ जना सैनिकले आत्महत्या गरेका छन् ।

उनले गएराती पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन् । 

सैनिक अस्पतालमा कार्यरत १ अधिकृतका अनुसार ड्युटीमा बसेको बेला साथमा रहेको एसएलआर चलाएर उनले आफ्नो छातीमा गोली हानेका हुन् ।  

दुर्गाबक्स गण नारायणहिटी दरबन्दी भएका बझाङको सुर्मा गाउँपालिका-५ घर भएका विष्ट छाउनी अस्पतालमा मेडिकल कोर्स गरिरहेका थिए । 

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER