- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्साबाट एक व्यक्ति पक्राउ परेका छन् । ठोरी गाउँपालिका–४ स्याउलीवस्तीका अन्दाजी ३५ वर्षीय अधवैंशे पक्राउ परेका हुन् ।
पीडित बालिकाले घटनाबारे आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना बाहिरिएको हो । घटनाबारे अनुसन्धान भइरहेकोले थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर आइतबार राति उनले छोरीलाई अंगालो मारेर यौन दुर्व्यवहार गर्न खोजेपछि बालिका चिच्याउँदै ठूली आमालाई बोलाएकी थिइन् । मादक पदार्थ सेवन गरेर ११ बर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा उनलाई आइतबार राति करिब ११ बज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर ११ बर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा उनलाई आइतबार राति करिब ११ बज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ईलाका प्रहरी कार्यलय ठोरीले आरोपित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
‘ठोरीमा बाबुले छोरीलाई मापासे गरेर दुर्व्यवहार गरेको गुनासो आएको छ’, उनले भने, ‘दुवै पक्षलाई बोलाएका छौं । घटनाबारे अनुसन्धान पछि नै थप कुरा खुल्छ ।’
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments