Loading...
Logo
Image

काठमाडौं उपत्यकामा फेरि ६ जनामा कोरोना संक्रमण

नेपालमा ६७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा बिहीबार ६७१ जनामा संक्रमण देखिएको हो । कााठमाडौं उपत्यकामा पनि ६ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैदिन संक्रमण देखिएको बिहिबारको यो संख्या अहिलेसम्मकै धेरै संख्या हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । जसमध्ये ६१९ महिला र ७ हजार २२९ जना पुरुष रहेका छन् । ७७ जिल्लामध्ये ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको उनले बताए ।

काठमाडौं उपत्यकामा भेटिएका संक्रमितहरुमा भक्तपुरका १ महिला २ पुरुष, काठमाडौंका १ महिला १ पुरुष र ललितपुरका १ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालमा विराटनगरमा झापाका २ र मोरङका १ महिला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा अछामका ११ महिला र ३१ पुरुष, बैतडीका २ महिला २३ पुरुष, बाजुरका १५ महिला २६ पुरुष, भक्तपुरका १ महिला २ पुरुष, डडेलधुराका ७ महिला र ७७ पुरुष, कैलालीका २ महिला र १९ पुरुष, कपिलवस्तुका २ महिला र १४ पुरुष, काठमाडौंका १ महिला र १ पुरुष नुवाकोटका २ पुरुष रौतहटका १ महिला ३३ पुरुष, रुपन्देहीका ३ पुरुष, सर्लाहीका २ पुरुष सिन्धुपाल्चोका १ जना ललितपुरका १ जना नवलपरासीका १ जना महोत्तरीका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी, टेकु प्रयोगशालमा गरिएको परीक्षणमा सिन्धुलीका १ महिला, भरतपुर अस्पताल प्रयोगशालमा पर्वतका १ महिला र ४ पुरुष, चितवनका १ पुरुष, नवलपरासी पूर्व १ पुरुष, धुलिखेल अस्पतालमा धनुषाका २९ पुरुष, बागलुङ, मनाङका  १/१ पुरुष, नवलपरासी पूर्वका ३० पुरुष, स्याङ्जाका २ महिला र ७ पुरुष पर्वतका ७ पुरुष, तनहुँका १५ पुरुष, गोरखाका १ महिला र १० पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १ महिला र २ पुरुष कपिलवस्तुका १ पुरुष, पाल्पाका ६ पुरुष, रुपन्देहीका २ महिला र ७ पुरुष, रोल्पा, नवलपरासी १/१ पुरुष, अर्घाखाँचीका ६ महिला ९१ पुरुष, भेरी अस्पतालमा बाँकेका ३ पुरुष, बर्दिया १ महिल र २ पुरुष, कैलालीका १ महिला, दैलेखको १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ४ पुरुष, सुर्खेत प्रदेशिक अस्पतालमा दैलेखका ६ महिला र ८० पुरुष, सुर्खेतका ८ महिला र २६ पुरुष, सेती प्रदेशिक अस्पतालमा अछामका २ पुरुष, बझाङ १ महिला र १ पुरुष, कंचनुपर २ पुरुष, कैलालीका १ महिला र १९ पुरुष, डोटीको ५ पुरुष गरी देशभर ६७१ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा ८० जना महिला र ५९१ जना पुरुष रहेका छन् ।

२४ घण्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १९ रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ पुरुष, महबुब आइसोलेसन सेन्टर दैलेखबाट १ जना, सलकोट आइसोलेसन सेन्टरबाट ३ पुरुष, सिम्ता आइसोलेसन सेन्टरबाट १ पुरुष नारायणी अस्पतालबाट २ महिला र ६ पुरुष डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार १८६ पुगेको छ । जसमध्ये ११४ र पुरुष १ हजार ७२ रहेका छन् ।

Comments

KATHMANDU WEATHER