- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ) नेपालले काठमाडौँ उपत्यकाका एफएम, रेडियोहरुमा कार्यरत पत्रकार तथा कर्मचारीहरुको कोरोना स्वास्थ्य विमा गरिदिने भएको छ । कोरोनाको जोखिमका बीच अग्रपङ्क्तीमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुमा संक्रमण देखिन थालेपछि आरबीएफले यो कार्यक्रम ल्याएको हो ।
उपत्यकाका हरेक रेडियोमा कार्यरत कम्तिमा १० जना सञ्चारकर्मीहरुको विमा गरिने आरबिएफका अध्यक्ष आर.के. श्रेष्ठले बताए । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा आरबिएफले बिमा कार्यक्रम ल्याएको हो ।
यसअघि बागमति प्रदेश सरकारले प्रत्येक सञ्चारगृहका २ जना पत्रकारको कोरोना बीमा गरिदिने प्रस्ताव आरबिएफ समक्ष राखेको थियो । तर एउटा रेडियोबाट २ जनाको मात्र बिमा गरिँदा अन्य सहकर्मीहरु छुट्ने भएकाले उक्त प्रस्ताव तत्काललाई स्वीकार नगरिएको अध्यक्ष श्रेष्ठले बताए । यसअघि गत जेठ ८ गते बसेको आरबिएफको बैठकले रेडियोकर्मीहरुको कोरोना स्वास्थ्य विमा गरिदिने निर्णय गरेको थियो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments