# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कास्की प्रहरीले दुई महिलासहित ६ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित् रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन्। जुवाखालबाट ४७ हजार १०० रूपैयाँ र तास बरामद भएको छ।
डीएपी हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो। कास्की प्रहरीले यसअघि पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो।
स्रोत: रासस
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments