- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । कमाण्डरको लिखित आदेश अवज्ञा गरेको अभियोगमा एक जना जर्नेल र कर्णेल बर्खास्तीमा परेका हुन् ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई दोषी ठहर्याएका हो ।
उनीहरुलाई सैनिक ऐन, २०६३ अनुसार कारबाही गर्न सिफारिस गरिएको निर्देशनालयले जनाएको छ । दुई अधिकृतले सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर गरिएको भनिएको छ ।
सेनाले पद्दति तथा प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेलाई शून्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments