- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंको कागेश्वरी मनहरामा युवक र युवती एउटै पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेका ।
कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९, पेप्सीकोलास्थित एक घरको कोठाभित्र सलको पासो लगाएर मृत्यु भएको अवस्थामा युवक र युवती फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।
उनीहरु लिभिङ टुगेदरमा बसेको र भाडामा लिएको आफ्नै कोठाभित्र एउटै सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको उनले जानकारी दिए ।
बुधबार दिउँसो साढे १२ बजेतिर खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको उनले बताए।
डीएसपी बस्नेतले घटना गम्भीर रहेको र हत्या वा आत्महत्या अहिल्यै भन्न नसकिने बताए। घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरू ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीया अस्मिता थापा भएको बुृझिएको छ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments