- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने प्रमाणलाई स्वीकार गरेको छ। यसबारे थप अध्ययन भइरहेको पनि डब्लुएचओले जनाएको छ। यदि आमरुपमा कोरोनाभाइरस हावाबाट पनि सरिरहेको प्रमाणित भए ३.३ फुटको व्यक्तिगत दूरी अपर्याप्त हुनसक्छ।
यसअघि ३२ देशका वैज्ञानिकहरुले सामूहिक पत्र लेख्दै कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने प्रमाण मिलेकाले डब्लुएचओलाई रोगसँग जोगिन जारी गरेको निर्देशन संसोधन गर्न सुझाव दिएका थिए। डब्लुएचओमा काभिड-१९सँग सम्बन्धित प्राविधिकको नेतृत्वकर्ता डा. मारिया केरन्खोवले हावाबाट पनि कोरोनाभाइरस फैलिएको प्रमाणहरुमाथि आफूहरुले छलफल गरिरहेको बताएकी छिन्।
डब्लुएचओकै बेनेदेत्ता आल्लेग्रान्जीले पनि कोरोनाभाइरस हावाबाट सरेको प्रमाण मिलेको बताएका छन्। तर, अझै ढुक्कसँग भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। उनले भने, “सार्वजनिक स्थान, भीडभाड, कम हावा भएको वा बन्द ठाउँमा हावाकै माध्यमबाट भाइरस फैलने आशंकालाई अस्वीकार गर्न सकिँदैन। अहिले यी प्रमाणहरु जम्मा गर्ने र बुझ्ने समय हो। हामी यो काम जारी राख्नेछौँ ।”
यसअघि क्लिनिकल 'इन्फेक्सियस डिजिज जर्नल’ मा २१ असारमा प्रकाशित खुला चिठीमा ३२ देशका २३९ वैज्ञानिकले कोरोनाभाइरस हावामा बाँच्न सक्ने उल्लेख गरेका थिए। त्यहीकारण मान्छेले श्वास फेर्दा भाइरस सर्ने उनीहरुको दाबी थियो।
डब्लुएचओलाई लेखिएको उक्त पत्रमा यो विषयलाई ध्यानमा राख्दै कोरोनाभाइरस संक्रमणबाट बच्ने नयाँ निर्देशन जारी गर्न आग्रह गरिएको थियो। केही दिनको अध्ययनपछि डब्लुएचओले यो प्रमाण स्वीकार गर्दै थप अध्ययन भइरहेको जनाएको हो।
डब्लुएआओले कोरोनाभाइरसबाट बच्न हरेक व्यक्तिमा ३.३ फुटको दूरी कायम राख्न आग्रह गरेको छ। मास्क प्रयोग गरिराख्न पनि डब्लुएचओले आग्रह गरेको छ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments