- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पोलिमर नोट छपाइ घोटाला प्रकरणमा विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित ३ जनालाई सफाइ दिएको छ ।
विशेष अदालतले रावलसहितका आरोपीहरूलाई आज सफाइ दिने फैसला गरेको हो । शान्ति सिंह थापा र शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेतीको इजलासले रावलसहित ३ जनालाई सफाइ दिने फैसला गरेको हो ।
रावलसँगै राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडे पनि सफाइ पाएका छन् ।
१० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गर्दै अख्तियारले ५ पुस २०७५ मा ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments