Loading...
Logo
Image

देवरको कुटपिटबाट भाउजूको मृत्यु

महोत्तरीमा घरायसी विवादमा देवरले कुटपिट गर्दा भाउजूको मृत्यु भएको छ । 

बर्दिबास नगरपालिका–१४ निवासी ५५ वर्षीया लुखियादेवी महतोको उनकै देवर ४९ वर्षीय शेखनारायण महतोको कुटपिटबाट मृत्यु भएको हो । 

घटनाको प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका क्रममा देवरले भाउजूमाथि कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ । 

कुटपिटबाट गम्भीर घाइते भएकी लुखियादेवीको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा प्राथमिक उपचार गराई थप उपचारका लागि धनुषा अस्पताल जनकपुरधाम लगिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कुटपिट गर्ने देवरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । 

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER