- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अध्यक्षमा अनुज थापा चयन भएका छन् । सो क्लबले आगामी १ वर्षका लागि यूवा उद्यमी थापालाई नेतृत्व हस्तातरण गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ मातृभूमि बालुवाटारले नयाँ अध्यक्षका रुपमा थापालाई जिम्मेवारी सुम्पिएको हो । थापासँगै आगामी वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ ।
५ वर्षपहिले स्थापना भएको रोटरी क्लब अफ मातृभूमि बालुवाटारले छोटो समयमै समाजसेवाका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ । स्थापनाको पाचौँ वार्षिकोत्सव समेत मनाइएको सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष जयराम सिग्देलले नयाँ अध्यक्ष थापालाई जिम्मेवारी हस्तातरण गरेका हुन् ।
रोटरी क्लब नेपाल र भुटान च्याप्टरका अध्यक्ष राजीव पोखरेलले नयाँ अध्यक्ष थापालाई रोटरीको शपथ ग्रहण पनि गराएका थिए ।
करिब १० वर्ष जापानमा अध्ययन तथा व्यवसायमा संलग्न भएर बसेका युवा व्यवसायी थापा नेपाल फर्किएपछि पनि पयर्टन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् ।
जापानमा रहँदा अन्तर्राष्ट्रिय नेपालीमाझ लोकप्रिय सामाजिक संस्था एनआरएनए जापानका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य समेतको जिम्मेवारी सफल रुपमा निर्वाह गरेका थिए । नेपालमा पनि थापा व्यवसायका अलावा विभिन्न सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments