- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सिरहा नगरपालिकाले बज्र मावि र सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसमा क्वारेन्टाइन सञ्चालन गरेको थियो । भारतबाट घर फर्किनेहरूलाई सीमामै रहेको सोही विद्यालयको क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवका अनुसार यी २ क्वारेन्टाइनमा अहिलेसम्म करिब २३ जना बसेको तथ्याङ्क छ । तीमध्ये पीसीआर परीक्षणबाट पोजिटिभ आएकाहरू आइसोलेसन अस्पताल गए भने नेगेटिभ आएका रिपोर्ट आउनेवित्तिकै घर फर्किइसकेका छन् । अहिले ७४ जना क्वारेन्टाइनमा छन् ।
क्यारेन्टाइनमा ओछ्यानदेखि खानपानसम्मको बिजोग छ । नियन्त्रणकारी उपाय अवलम्बन गर्न नगरपालिका असफल हुँदा क्वारेन्टाइनबाटै कोरोना धेरै जनामा फैलियो ।
तर, नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्च जिल्लामै सबैभन्दा बढी छ । यस नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको जनाएको छ ।
क्वारेन्टाइनमा बस्नेहरूलाई महँगा तन्ना, तकिया, डस्ना र तकियाको खोल बन्दोबस्त गरेको नगरपालिकाले सार्वजनिक गरेको समान खरिदको विवरणबाट प्रस्ट हुन्छ ।
नगरपालिकाले ३ लाख १९ हजार २ सय ७५ रुपैयाँमा १ सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको छ ।
नगरपालिकाको विवरणअनुसार एउटा तकियाको खोल २८ सय ७६ रुपैयाँ ३५ पैसामा खरिद गरिएको छ । ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ । एउटा तन्ना ८ हजार ७१ रुपैयाँ २८ पैसामा खरिद गरिएको छ ।
साबुनदेखि मास्कको परिमाण र मूल्य बढाएर विवरण तयार पारी रकम अनियमितता रहेको गुनासोसहितको उजुरी परेपछि अख्तियारले आइतबार नगरपालिकाबाट बिलसहित विवरणको प्रतिलिपी लिएर गएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments