- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
गोङ्गबु गणेशस्थान सडक किनारामा आइतबार सुटकेशभित्र फेला परेको बेवारिसे शवको प्रहरीले सनाखत गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, सनाखत भएका व्यक्ति रोल्पा घुम्तीगढी निवासी ४५ वर्षीय कृष्णबहादुर बोहरा भएको खुलेको छ ।
नयाँबजारस्थित गार्मेण्टबाट कपडा खरिद गरी घुमन्ते व्यापार गर्दै आएका बोहराको सोही राति घटनास्थलनजिकै एक घरको तीन तलामाथि कोठामा हत्या भएको जानकारी महाशाखा प्रमुख दीपक थापाले दिए ।
‘शवको सनाखतसंँगै हत्या घटनास्थल र संलग्न व्यक्तिको पहिचान भइसकेको छ', उनले भने, 'अभियुक्तको पक्राउपछि मात्र हत्याको कारण खुल्नेछ ।' सुटकेशभित्र दुई हातसहितको आधा भाग फेला परेको केही समयपछि करिब तीन सय मिटर पर टाउको र खुट्टा भेटिएको थियो ।
प्रहरीले विभत्स अवस्थामा फेला परेको उक्त शवको सनाखत गर्न मृतकको अनुहारसहितको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक भएको २४ घण्टा नबित्दै शवको सनाखत भएको हो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments