- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्याकाण्डको भित्री पाटो विस्तारै खुल्दै गएको छ । २५ साउनमा बोहोराको टोखानगरपालिका- १०, गोंगबु नवज्योतिमार्गका किरण बस्नेतको घरमा हत्या भएको थियो ।
उनको शव २६ साउनकाे बिहान शरीर, टाउको र खुट्टा छुट्टाछुट्टै स्थानमा प्रहरीले फेला पारेको थियो । उनको हत्या अभियोगमा प्रहरीले सोमबार राती चितवनकाे कालिका नगरपालिका- ७ की कल्पना मुडभरी पौडेललाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
कल्पनाले हत्या आफैँले गरेको साबिती बयान प्रहरीलाई दिइसकेकी छन् । बोहोराले खाँदै गरेको रक्सी र दहीमा निद्रा लाग्ने औषधि खुवाएर निदाएपछि अण्डकोषमा मार्ताेलले हानेर हत्या गरेकी थिइन् ।
हत्यापछि कल्पनाले बोहोराको शवलाई बाथरुममा लगेर खुट्टा, टाउको र शरीर काटेर सुटकेस र जेब्रा झोलामा हालेर फालेकी हुन् ।
छोरीलाई बलात्कार प्रयास गर्न खोजेपछि हत्या
मङ्गलबार प्रहरीले मृतक बोहोराले नक्कली फेसबुक आईडी खोलेर कल्पनाको नग्न तस्वीर पोस्ट गरेको र त्यही रिसमा उनको हत्या गरेको बताएको थियो ।
तर, हत्याको पछाडि अर्को पनि कारण रहेको खुलेको छ । मृतक बोहोराले २५ साउनमा कल्पनासँगै बसेर रक्सी खाँदै गर्दा उनकी १५ वर्षीया छोरीलाई समेत कल्पनाकै अगाडि बलात्कार प्रयास गरेको खुलेको हो ।
त्यही आवेगमा आएर कल्पनाले निद्रा लाग्ने औषधि दहीमा मिसाएर बोहोरालाई खुवाएर निदाउन लागेपछि छोरीकै अगाडि अण्डकोषमा मार्ताेलले हानेर हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।
कल्पनाले प्रहरीलाई भनेकी छन्, ‘मृतक बोहोरा र मेरो लामो समयदेखिको सम्बन्ध हो । ऊ सधैँ मेरो कोठामा आइराहन्थ्यो । हामीबीच सबै सम्बन्ध भएका छन् । तर, उसले छोरीमाथि पनि कुदृष्टि लगाउन थालेको थियो । घटना भएको दिन मेरै अगाडि छोरीलाई बलात्कार गर्न समात्योे । मैले छोरीकै अगाडि अण्डकोषमा मार्ताेलले हानेर हत्या गरेकी हुँँ ।’
अण्डकोषमा हानेर सलले घाँटी बेरेर हत्या गर्दा छोरी पनि सँगै रहेको र बोहोराको शव काट्दा मात्र छोरीलाई टीभी रूममा पठाएको प्रहरीलाई बताएकी छन् ।
कल्पना र बोहोराबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएर लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments