- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मन्दिरमा देवी देवताका मूर्तिमा पूजा गरिनुपर्ने हो । तर यो दुनियामा एउटा यस्तो मन्दिर पनि छ, जहाँ महिलाका वक्षस्थल र भित्री वस्त्रहरुको पूजा हुन्छ ।
यस्तो विचित्रको मन्दिर जापानमा छ । जापानीहरुले एउटा यस्तो मन्दिर बनाएका छन् जहाँ देवताका मूर्ति होइन मन्दिरभित्र यत्रतत्र वक्षस्थलका आकृति रहेका छन्। मानिसहरु यो मन्दिरमा वर माग्न जाँदा वक्षस्थलकै डमी चढाउँछन्।
जापानको इबारकीस्थित वाकायाम सहरमा रहेको यो मन्दिर विश्वमा प्रसिद्ध छ । यो बौद्ध मन्दिर अहिले ब्रा मन्दिरमा रुपान्तरण भएको छ । यो मन्दिरलाई वक्षस्थलकी देवी छिछिगमीसमको मन्दिर भनिन्छ ।
यहाँ तिनै वक्षस्थलरुपी देवीको पूजा हुन्छ । यस मन्दिरमा वर्षौं देखि वक्षस्थल पूजाको प्रचलन रहेको मानिन्छ । सुरक्षित प्रसूति तथा स्तन क्यान्सरबाट बच्न भाकल गर्दै महिलाहरु त्यहाँ पुगेर स्तनका मूर्तिहरुमा पूजा गर्दछन्। भाकल पूरा
भएका महिलाहरु त्यहाँ पुनः आएर कपासबाट बनेका स्तनका आकृतिहरु चढाउँदछन्। मन्दिरभित्र
सबैतिर कपासका स्तन देखिन्छ ।
भक्तजनहरुले महिलाका अन्तर्वस्त्र पनि यहाँ चढाउँछन् । अन्तर्वस्त्रको पूजा पनि हुन्छ त्यहाँ ।
मन्दिरभित्र यत्रतत्र महिलाका अन्तर्वस्त्र झुण्डिएको देख्न सकिन्छ । त्यसैले यो मन्दिरको नाम नै ‘ब्रा टेम्पल’ अर्थात्वक्षदानी मन्दिर रहेको छ ।

Comments