# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
ललितपुरको रिङ रोड क्षेत्रभित्र कर्फ्यू लगाइएको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रशासनबीच बढेको तनावले बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको रिङ रोड क्षेत्रभित्र कर्फ्यू लगाईएको हो ।
निषेधाज्ञाको अवज्ञा गर्दै रथ तान्न लागेपछि पुलचोकमा विवाद हुँदा झडपको स्थिति बनेको थियो । स्थिति तनावपूर्ण हुन नदिन आज बिहानैदेखि कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोभिड संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि बिहीबार भेला भएका युवालाई प्रहरीले हटाउन खोज्दा पुलचोकमा झडप भएको थियो ।
सोही रथ तान्न पुगेका भीडलाई हटाउन प्रहरीले आग्रह युवाले प्रतिकार गरेका थिए । जसका कारण प्रहरी र युवाबीच झडप नै हुन पुग्यो । झडपमा केही सुरक्षाकर्मी घाइतेसमेत भएका छन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments