- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल युवा परिषद, नेपाल युवा परिषद बागमती प्रदेश, मास्टरपीस एन. वाई. सी नेपालको संयुक्त आयोजनमा बागमती प्रदेश स्तरीय दोस्रो “प्रदेश युवा सम्मेलन २०२०” आगामी सेप्टेम्बर २७ र २८ मा भर्चुअल माध्यमबाट आयोजना हुदैछ ।
“उद्यमी युवा समृद्ध देश, दिगो बिकासको लक्ष्यमा समान परिबेश” भन्ने मुल नाराकासाथ सुरु हुन लागेको सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाहरुबाट करिब २०० जना युवाहरुको सहभागिता रहनेछ र यस सम्मेलन २ दिनसम्म भर्चुअल माध्यमबाट गिरिने जानकारी दिइएको छ।
यस सम्मेलनमा ४ वटा बिषयगत क्षेत्रहरु तय गरिएको छ जसमा “कोभिड १९ र युवाको भुमिका” भन्ने बिषयमा विभिन्न वक्ताहरुले आफ्नो अनुभव साटासाट गर्नेछन भने “मेरो प्रश्न मेरो जनप्रतिनिधिलाई” भन्ने बिषयमा बागमती प्रदेशका स्थानिय तह, प्रदेश सभा र प्रतिनिधि सभाबाट एक÷एक जना जनप्रतिनिधिले सहभागी युवाहरुसगँ अन्तरक्रिया गर्नेछन । त्यस्तै “निर्बाचनमा युवाको भुमिका” भन्ने बिषयमा निर्वाचन आयोगका उपसचिब कोमल प्रसाद धमालाले आफ्नो प्रस्तुतिका साथै सहभागि युवाहरुसगँ अन्तक्रिया गर्ने बताइएको छ। “डिजिटल ट्रान्सर्फर्मेसन र युवा उद्यमशीलता” भन्ने बिषयमा पनि बिषयगत बिज्ञता हासिल गरेका बिभिन्न वक्ताहरु आफ्नो प्रस्तुती गरिने र विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो जिवन संघर्षका र सफलताका कथाहरु पनि सहभागीहरुसँग सांटासाट गरिने जानकारी कार्यक्रम संयोजक तथा परिषदका केन्द्रिय उपाध्यक्ष शुदर्सन बिडारीले दिए।
स्थापनाकालदेखी नै सधैं रचनात्मक कार्य गर्दै आइरहेको परिषदले यस बर्ष राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा सफलतापूर्बक सम्म्पन्न गरिसकेको छ भने ६ वटै प्रदेशमा प्रदेश युवा सम्मेलन २०२० आयोजना गरिसेकेको छ ।
साथै बागमती प्रदेश स्तरीय प्रदेश युवा सम्मेलन २०२० को तयारी तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी कार्यक्रम संयोजक बिडारीले दिए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments