- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भियतनाममा प्रहरीले करिब ३ लाखवटा भन्दा बढी प्रयोग गरिएका कण्डम बिक्रीमा राखेको अवस्थामा बरामद गरेको छ ।
गैरकानुनी रूपमा ठूलो परिमाणमा बिक्रीका लागि राखिएको प्रयोग भइसकेका कन्डम बरामद गरेको हो ।
झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो ।भिडियो फुटेजमा कन्डमका दर्जनौं झोला देखिएको छ ।
प्रहरीले दक्षिणी भेगमा रहेको बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मारेर सो परिमाणमा कण्डम फेला पारेको हो ।
्
सो गोदामको मालिक भएको आशंकामा एक महिलालाई पक्राउ गरिएको छ।
ती कन्डमलाई पहिले पखालेर लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको बताइन्छ। त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ।
भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डमको प्रतिकिलो ०.१७ अमेरिकी डलरमा आफूले प्राप्त गर्ने बताएकी छन् ।
हालसम्म त्यस्ता कति कन्डम बजारमा बिक्री गरियो भन्ने स्पष्ट भएको छैन ।

Comments