- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जनचेतना नेपालले सामाजिक रुपान्तरणको अभियानका क्रममा दशैंको अवसरमा काभ्रेको माझी बस्तिमा गएर गाउँलेहरुसँग शुभकामना साँटासाट गरेको छ । जनचेतना नेपालका कार्यक्रम संयोजक कबिन्द्र त्रिपाठीका अनुसार माझी बस्तिमा खाद्यान्न लगायतका राहत सामग्री बाँडेर शुभकामना आदानप्रदान गरिएको हो ।
काभ्रे जिल्लाको भुम्लु गाउँपालीका– ६ को माझी बस्तीका ४९ घरपरिवार लाई प्रति परिवार चामल एक बोरा २५ केजी, दाल २ केजी, सोयाबीन मसौरा एक पाकेट, चिउरा २ केजी, चना २ केजी, तेल १ लिटर र दुईवटा सावुन वितरण गरिएको जनचेतना नेपालकी बागमती प्रदेश संयोजक मुना निरौला त्रिपाठी जानकारी दिइन् । संस्थाको समन्वयमा राहत सामग्री नवज्योती केन्द्रले सहयोग गरेको थियो ।
शुभकामना तथा राहत कार्यक्रममा जन चेतना नेपालका सल्लाहकार सुबास त्रिपाठी, समाजसेवी बद्रीप्रसाद खकुरेल, राजन त्रिपाठी, आशिष नेहरा, श्याम थापा मगर तथा स्थानीय नागरिक समाजका अगुवा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जनचेतना नेपालको आयोजनामा नवज्योती जस्तै संस्थाको सहयोगमा खाद्यान्न, ब्ल्यांकेट लत्ताकपडा गरेर २ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको थियो ।
खोजिखोजि गाउँमा आएर सहयोगको भावना देखाएकोमा जनचेतना नेपाल र नवज्योती केन्द्रलाई ६ नम्बर वडा अध्यक्ष भरतबहादुर शिवशक्तिले धन्यवाद तथा शुभकामना दिए ।
यसअघि पनि जनचेतना नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा केहि दिन अगाडी धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरीरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख ५ हजार नगद सहयोग गरेको थियो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments