- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जन चेतना नेपालले ‘जाडोमा न्यानो’ अभियान अन्तर्गत ४० जना भन्दा बढीलाई न्यानो कपडा वितरण गरेको छ । काभ्रेको तेमाल गाउँपालीका– ३ का वडाध्यक्ष बिष्णु बहादुर तामाङको उपस्थितिमा सरमथली र चैथलीका ४० भन्दा बढी बृद्धबृद्धा, अपाङ्ग र अशक्तहरुलाई जन चेतना नेपालले न्यानो कपडा वितरण गरेको हो ।
चिसो बढ्दै गएको जाडो मौसममा जनचेतना नेपालले आफ्नो वडामा आएर न्यानो कपाडा वितरण गरेकोमा वाडाध्यक्ष तामाङले धन्यवाद दिए । उनले संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्य रहनेमा विश्वास व्यक्त गरे ।
संस्थाका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौलाले न्यानो अभियान अन्तर्गत थोरै मात्रामा भएपनि स्थानिय आमाबुवाले सहयोग स्विकार गरेकोेमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । निरौलाले विभिन्न ठाउँमा न्यानो अभियान अन्तरगत न्यानो कपडा वितरण गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
त्यस्तै जन चेतना नेपालकी बागमती प्रदेश संयोजक मुना निरौलाले बृद्धबृद्धा, अपाङ्ग र अशक्तहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गर्न पाउँदा आफुलाई एकदम खुसी लागेको बताइन् । उनले न्यानो कपडा वितरण गर्न सहयोग पुर्याउने बालरोग विषेशज्ञ एवं समाजसेवी डा. धनराज अर्याललाई विषेश धन्यबाद दिइन् । उनले समय अभाव र कामको व्यस्तताले डा. अर्यालको उपस्थिति हुन नसकेपनि माया र सहयोग रहेको जानकारी दिइन् । उनले यस अभियानलाई सफल बनाउन नेपाल चलचित्र विकास वोर्डको पनि विषेश भुमिका रहेको भन्दै बोर्डका अध्यक्ष दयाराम दाहालको साथ सहयोगप्रति आभारी रहेको बताइन्।
स्थानिय समाजसेवी बाबुकृष्ण पन्तको समन्वय र सहयोगमा कार्यक्रम आयोजना गरिएको र व्यवस्थित तरिकाले न्यानो कपडा वितरण गर्न सफल भएको कार्यक्रम संयोजक कविन्द्र त्रिपाठीले बताए ।
यसअघि पनि जन चेतना नेपालले लकडाउनको समयमा विभिन्न ठाउँमा पुगेर असाहय र विपन्न परिवारलाई खाद्यान्न लगायत लत्ताकपडा वितरण गरिसकेको छ भने चितवनमा धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख ५ हजार रुपैंयाँ नगद सहयोग गरेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments