- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको ‘स्कार्फ’ नामक नियात्रा संग्रह सार्वजनिक गरिएको छ । डायनामिक स्काउट क्रुको चौथो वार्षिक उत्सवको अवसरमा खत्रीको ‘स्कार्फ’ सार्वजनिक गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकार राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लब इन्टरनेसनलका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरु डा.रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिक लगायतको उपस्थितिमा ‘स्कार्फ’ सार्वजनिक गरिएको हो ।
नियात्रा संग्रह सार्वजनिक गर्दै मन्त्री तामाङले स्काउटमा देखिएका समस्या समाधान गरेर नेपाल स्काउटको विकासमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले स्काउटले मानवलाई नै अनुशासनमा राख्ने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको र अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जानसक्ने धारणा राााखे थिए ।
कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले स्काउट र यात्रा अनि विभिन्न संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने बताए ।
स्काउट लिडर डा. रविन्द्र प्रसाद पाण्डेले यात्रासँगै स्काउटिङ भित्रको तथ्यपरक चिरफार गरेको भन्दै स्काउटिङको क्षेत्रमा यो कृति कोषेढुङ्गा सावित हुने विश्वस व्यक्त गरे ।
अर्का स्काउट लिडर अनन्त प्रसाद भेटुवालले स्काउटिङ इतिहास कै संकटको मोडमा पुगेको बताउँदै गलत नेतृत्वका कारण स्काउटमा राजनीति हावी भएको भन्दै चिन्ता व्यक्त गरे।
१४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो । खत्रीको स्कार्फमा स्काउटसंगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जिवन्त पढ्न सकिने बताइएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments