- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले विभाजन गर्न सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।
युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।
‘एमालेले फुटाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘एमाले फुटाउने ग्राण्ड डिजाइनअन्तर्गत दल विभाजनसम्बन्धी अध्यादेश ल्याइए स्वीकार्य हुँदैन, देशभर त्यसको विरोधमा आगो बाल्छौँ ।’
नेता बस्नेतले एमाले फुटाएर देशमा राज गर्छौं भन्ने सपना नदेख्न पनि चेतावनी दिए । राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी भइरहेको हल्ला सुनेको भन्दै उनले त्यसबारे नसोच्न सत्तारुढ गठबन्धनलाई आग्रह गरे । ‘राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे तपाईंहरूले सोच्नु भएको छ भने त्यो कुरा आजैदेखि मनबाट हटाउनुस्,’ उनले भने ।
नेता बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक तथा संवैधानिक नियुक्ति खारेज गरे सरकारविरुद्ध आन्दोलनमा उत्रिने पनि चेतावनी दिए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments