Loading...
Logo
Image

फेरि बर्षा र हिमपात हुने सम्भावना, सतर्क रहन आग्रह

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना रहेको बताइएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढ्नाले दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट  र हिमपातबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको हो ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भू-भागमा हल्का वर्षाका साथै उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना छ । आइतबारदेखि यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने देखिएको विभागले जनाएको छ ।

Comments

KATHMANDU WEATHER