Loading...
Logo
Image

धुलिखेल नगरपालिकाले काभ्रेका पत्रकारको स्वास्थ्य बिमा गरिदिने

धुलिखेल नगरपालिकाले काभ्रेमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यापालिका बैठकले जिल्लाका सबै पत्रकारहरुको  स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो ।

धुलिखेल नगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । पत्रकार महासंघसँगको समन्वयमा पत्रकारहरुको सूची उपलब्ध भए पछि नगरपालिकाले धुलिखेल नगरपालिकामा उपचार गराउने गरी स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको उनले बताए । 

नगरपालिकाले पत्रकारहरुको सूची प्राप्त भए पछि आवश्यक कागजात सहित स्वास्थ्य बीमाका लागि लाग्ने रकम एकमुष्ट बीमा अभिकर्तालाई उपलब्ध गराउनेछ ।

Comments

KATHMANDU WEATHER