Loading...
Logo
Image

लोकसेवा आयोगका सबै परिक्षा पनि स्थगित

लोकसेवा आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमण बढ्दै गएकोले सम्पूर्ण परिक्षा स्थगितगरिएको लोकसेवा आयोगले जनाएको छ  ।

आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले आगामी फागु ७ गतेदेखि हुने तय भएको लिखित परीक्षासमेत ७ दिन अगाडि सूचना दिएरमात्र सञ्चालन गर्ने जनाएको छ ।  

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका  छन् ।

Comments

KATHMANDU WEATHER