- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौ उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएकोमा यातायात व्यवसायीले जोरबिजोर प्रणाली लागू नगर्न माग गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।
छलफलमा यातायात व्यवसायीहरूले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नभएको बताएका हुन् । सवारीसाधन कम चलाउँदा यात्रुहरूको भिड बढेर कोरोना संक्रमण झन बढी हुने भएकोले जोरबिजोर प्रणाली उपयुक्त बिकल्प नभएको भन्दै सो लागू नगर्न व्यवसायीले माग गरेका हुन्।
आफ्नो मत जोर बिजोर प्रणालीको बिपक्षमा भएपनि सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाई छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाई छ ।
जोरबिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनले बताए । यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनले उल्लेख गरे । त्यसैगरी व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोरबिजोर लागु गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments