Loading...
Logo
Image

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  अत्यावश्यक बाहेकका सबै स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसबाट कार्यालयका कर्मचारी संक्रमित भएपछि छ दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको हो ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले सुचना निकालेर माघ ९ देखि १४ गतेसम्मका लागि  अत्यावश्यक बाहेकका सेवा बन्द गरिने जानकारी दिएका छन् । अत्यावश्यक  सेवा बाहेक नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, संघसंस्था, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र लगायतका सेवा बन्द गर्ने निर्णय गरिएको सुचनामा जनाइएको छ ।

Comments

KATHMANDU WEATHER