- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं महानगरपालिकाले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल निर्माण कार्य शरु गरेको छ ।
आज (आइतबार) काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाबहिल चोक र मित्रपार्कमा निर्माण हुन लागेको आकाशे पुलको शिलान्यास गरेका छन् ।
चावहिल चोकमा ३३ मिटर लम्बाइ र २ मिटर चौडाइ साथै मित्रपार्कमा १६ मिटर लम्बाइ र २ मिटर चौडाइका दुई ओटा पुलको निर्माण गर्न लागिएको हो । आकाशे पुलको शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिए ।
उनले स्थानीयहरूको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समयअगावै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे ।
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ भने जेठ २०७९ भित्र पुल निर्माण सक्नुपर्नेछ ।
-
9 months agoनारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड ४ घण्टा बन्द हुने
-
-

Comments