- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको समूहले कुनैपनि बहानामा स्थानीय तहको निर्वाचन सार्ने निर्णय मान्य नहुने निष्कर्ष निकालेको छ ।
कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ । नेता कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सहभागि भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको कुनै औचित्य नभएको निष्कर्ष निकालेको हो ।
छलफलका क्रममा नेता कोइरालाले विधानभन्दा बाहिर गएर गठबन्धनमा चुनाव सार्ने सहमति गरिए त्यो मान्य नहुने बताए ।
आगामि निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने निष्कर्ष समेत निकालिएको सो बैठकमा कांग्रेसको १४ औं महाधिवेशनपछिको अवधीको समिक्षा पनि गरिएको बताइएको छ । सो क्रममा नेताहरुले सभापति देउवाले एकलौटी निर्णय गर्न थालेको र पार्टीभन्दा गठबन्धनलाई प्राथमिकता दिएको बताएका थिए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments