Loading...
Logo
Image

`ईन्सपेक्टर' नै कारबाहीमा परे

महानगरीय अपराध अनुसन्धान महाशाखाअन्तर्गत रही प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी `ईन्सपेक्टर' सानुकान्छा रम्तेल कारबाहीमा परेका छन् ।

अपराध महाशाखा ललितपुर परिसरमा कार्यरत 'ईन्सपेक्टरʼ रम्तेलमाथी महाशाखाले आन्तरिक छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । 

उनीमाथि ललितपुरकाे गोदावरीका सुजन बराइलीले सञ्चालन गरेको सुन पसल चोरी घटनामा सञ्चालकसँग मिलेर चोरीका अभियुक्तबाट रकम असुल्न लगाएर मुद्दा नचलाई आर्थिक लाभ लिएकाे आराेप लागेकाे छ । सोही अभियोगमा छानबीनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको छ ।

उनीविरुद्ध प्रश्न उठेपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानबीन समिति बनाएर अनुसन्धान भइरहेको जनाइएको  छ ।

Comments