# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
महानगरीय अपराध अनुसन्धान महाशाखाअन्तर्गत रही प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी `ईन्सपेक्टर' सानुकान्छा रम्तेल कारबाहीमा परेका छन् ।
अपराध महाशाखा ललितपुर परिसरमा कार्यरत 'ईन्सपेक्टरʼ रम्तेलमाथी महाशाखाले आन्तरिक छानबिन समिति बनाएर अनुसन्धान थालेको हो ।
उनीमाथि ललितपुरकाे गोदावरीका सुजन बराइलीले सञ्चालन गरेको सुन पसल चोरी घटनामा सञ्चालकसँग मिलेर चोरीका अभियुक्तबाट रकम असुल्न लगाएर मुद्दा नचलाई आर्थिक लाभ लिएकाे आराेप लागेकाे छ । सोही अभियोगमा छानबीनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको छ ।
उनीविरुद्ध प्रश्न उठेपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानबीन समिति बनाएर अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments