- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनका क्रममा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख राख्न निर्देशन दिएका छन् ।
आइतबार शहीद दिवसका अवसरमा शहीद स्तम्भ लैनचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेखराख्न आवश्यक भएको भन्दै शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
कार्यक्रममा संवोधन गर्दै देउवाले भने, ‘मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु’ ।
देउवाले शहीदहरूले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहीदहरूको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने बताए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments