- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कुनै पनि बजार अब्यबस्थित र अनियन्त्रित हुँदा कति सम्म असार पर्छ भन्ने कुरा त हामी नेपालीको लागि नयाँ कुरा हैन । त्यसमाथि पनि बजारका जुनसुकै ठाउँमा जथाभावी रुपमा राखिने अस्थायी पसलहरु अब्यबस्थित, असभ्य र असुरक्षित बजारका नमुना हुन । जसले बजारलाई त असर पार्छन नै संगै असुरक्षा समेत बढाउछन । साथै यो सडक सुरक्षासँग पनि जोडिने कुरा हो ।
फुटपाथ, सडक जताततै मनलाग्दि पसल राखेर ग्राहक तान्ने यो प्रबृत्तिलाई सम्बन्धित स्थानीय निकायले बेलाबेलामा नियन्त्रण गर्ने प्रयास गरेको देखिए पनि न त ती प्रयास बैज्ञानीक छन, न प्रभावकारी छन्। मात्र देखाउनका लागि छन्।
उदाहरणको लागि तस्बिरमा देखिएको काठमाडौं काडाघारी बिरेन्द्र चोकको हो। जहाँ गान्धी उच्च मावीको गेट देखी फोर्स पार्कसम्म सयौंको संख्यामा हरेक दिन अब्यबस्थित तवरले यस्ता गाढा राखिने गर्छन् । जसको कारण यसै पनि साँघुरो यस् सडकमा यात्री तथा सवारी चालकले सास्ती मात्र भोग्नु परेको छैन बेला बेलामा दुर्घटना समेत हुने गरेको छ ।
केही समय अघी यस्तै गाढाको कारण बाटो साघुरो भएकोले एउटा कारले गर्भवती माहिला सहित केही ब्यक्तिलाई ठक्कर दिंदा गम्भिर घाइते भएको घटना ताजै छ । अहिले पनि बाटै छेकेर राखिने यस्ता गाढा तथा फुटपाथे पसलको कारण धेरै जोखिम छ।
यसमा अचम्मको कुरा के छ भने यहीँ भएको प्रहरी तथा स्थानीय निकाय टुलुटुलु हेरेर बसेका छन्। केही समय अघि स्थानीय निकायले केही चासो देखाएको र ब्यबस्थित बनाउने प्रयास गरेको थियो तर हाँस्यास्पद कुरा, प्रहरी आएर साँझ ४ बजे सम्म मात्र बसेर जान थाल्यो, जबकी खास भिड हुने र जोखिम हुने त्यसपछि साँझ हो । जुन प्रयास केवल औपचारिकता निभाउने र टार्ने मात्र देखियो । यदि यति कुरामा सम्म ध्यान दिन सक्दैन या ब्यबस्थित गर्न सक्दैन भने स्थानीय तह बाट अरु के आशा गर्न सकिन्छ ? कतै यहाँ पनि कुनै आपसी फाईदा या भोटको राजनीति भैरहेको त छैन ? के नागरिकको ज्यान भन्दा भोट ठुलो हो ?
तसर्थ, हेर्दा साना लाग्ने तर असर ठुलो गर्ने यस्ता कुरामा सम्बन्धित निकायको तुरुन्त ध्यान जानु आवश्यक देखिन्छ । ताकी, भविश्यमा हुने ठुला दुर्घटनाबाट समयमै बच्न सकियोस ।
-
9 months agoनारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड ४ घण्टा बन्द हुने
-
-

Comments