- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
साहित्यकार तारा प्रसाद त्रिपाठीको ताराबाट झरेका फूलहरु कविता तथा मुक्तक संग्रह विमोचन भएको छ । इन्द्रेणी कार्यक्रमको स्टुडियोमा एक कार्यक्रमका बीच कविता तथा मुक्तक संग्रह विमोचन भएको हो । 
जनचेतना समाज परिवर्तन नेपालको आयोजनामा सम्पन्न भएको कविता तथा संग्रह विमोचन कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजालसहित विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुको सहभागिता भएको हो । कार्यक्रममा नेपाली कला क्षेत्रका ख्यातीप्राप्त कलाकारहरुको समेत सहभागिता भयो । साथै कार्यक्रममा चलचित्र निर्देशक तथा वरिष्ठ हस्य व्यङग कलाकार दिपाश्री निरौला, निर्मल शर्मा, विमान चालक विजय लामालगायतका व्यक्तित्वहरुको पनि सहभाागिता भएको थियो।

जनचेतना समाज परिवर्तन नेपालले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनाका निम्ति विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । संस्थाले क्यान्सर जितेर सफल जीवन प्राप्त गरेका पाँचखाल–१३, कोशिदेखा काभ्रेका साहित्यकार तारा प्रसाद त्रिपाठीको कविता तथा मुक्तक संग्रह विमोचनमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक र कलाकारहरुलाई सांगितिक थलोमा जोडेको हो ।

मुलुकमा समस्या परेको समयमा ज्यानको बाजी राखी योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्रका साथै दोसल्ला ओडाएर सम्मन समेत गरेको हो । यसरी सम्मानित हुने व्यक्तित्वहरुमा वरिष्ठ मृगौला रोग विशेषज्ञ, डा. ऋषि कुमार काफ्ले, क्याप्टेन विजय लामा, नेत्र रेटिना सर्जन प्रा.डा. गोविन्द्र पौड्याल, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही, डा. सुदिप श्रेष्ठ रहेका छन् । त्यसैगरी स्त्रीरोग विशेषज्ञ डा. शिला बर्मा, दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरे, रक्त क्यान्सर रोग विशेषज्ञ डा. निरज कुमार सिंह, स्त्री रोग विशेषज्ञ डा. कुन्शाङ डोल्मा शेर्पा, बाल रोग विशेषज्ञ डा. धनराज अर्याल, कलाकार तथा समाजसेवी, समाजसेवी तारा प्रसाद त्रिपाठी र रामेश्वर जङ केसी समेत सम्मानित भएका हुन ।
यसैगरी कार्यक्रममा दिनदुःखीहरुको सेवामा सदैव लागि रहने कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष एवम् इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेललाई समेत संस्थाले कामको उच्च मुल्याङकन गर्दै सम्मान गरेको हो ।
कार्यक्रममा पुस्तकको समिक्षा साहित्यकार शान्ति शर्मा र नेपाल क्यान्सर सरभाइल सोसाइटीकी अध्यक्ष प्रतिमा खनालले गरेका हुन कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रतिनिधि कविन्द्र त्रिपाठीले गरेका थिए भने कार्यक्रमको सञ्चालन किशोर निरौलाले गरेका हुन । जनचेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीले यस संस्थाले विशुद्ध रुपमा समाज रुपान्तरणका लागि सकरात्मक सोचका साथ अघि बढेको बताएकी छन् । यस संस्थाले विगत लामो समय देखि राजधानी हुर्दै बाहिरी जिल्लासम्म आपत विपतमा परेको समयमा अत्यावश्यक राहात साग्राहीहरु निःशुल्क वितरण गर्दै आएको संस्थाकी अध्यक्ष निरौलाले बताइन । सरकारले गर्नुपर्ने काम जिम्मेवार नागरिकको रुपमा आफूले सरकार, स्वास्थ्यकर्मी, तथा सरोकारवाहरुको ध्यानार्कषण गर्नको लागि व्यक्तिगत रुपमा अभियानको थालिएको उनले बताइन छ ।
कार्यक्रममा इन्द्रेणीका कलाकारले प्रस्तुती गरेको लोक दोहोरी गितमा डाक्टर देखि कलाकारसम्म मज्जाले नाचे । कार्यक्रममा सहभागी वक्ताहरुले सकरात्मक सोच, खानपान, शारिरीक व्यायम, निरन्तर समय–समयमा स्वास्थ्य परिक्षण गर्न सकेमा मात्र सबै नागरिक स्वस्थ हुन सकिने सुझाव दिए । रोग लागी सकेपछि पनि नेपालमै क्यान्सरको उपचार सम्भव भएको भन्दै समयमै वा केही खराव लक्षण देखिएमा तुरुन्त अस्पतालमा परार्मश गरी सबै नागरिक समयमै सचेत हुनुपर्ने भन्दै स्वास्थ्यमा नियमित रुपमा ध्यान दिन आग्रह गरेका हुन ।

-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments