Loading...
Logo
Image

हाँस्यकलाकार मधुसूदन पाठक 'सिते बा' ले गरे काठमाडौं ५ बाट उमेद्वारीको घोषणा

हास्य टेलिशृङ्खला ‘सक्किगोनी’का कलाकार सिते बा 'मधुसुदन पाठक' ले आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौं ५ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार ललितपुरमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणाका क्रममा सिते बाले काठमाडौं ५ बाट उम्मेदवारी दिने बताएका हुन् ।

स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्।

उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन्।

काठमाडौं ५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन् । यो क्षेत्रबाट यस पटक पनि पोखरेलको नाम सिफारिस भइसकेको छ ।

Comments

KATHMANDU WEATHER